बिन्दु परियारको म के गरु गीतको म्युजिक भिडियो सार्वजनिक
श्रावण २५ गते, २०७६ मा प्रकाशित
कमल बिष्ट
अर्घाखाँची । नेपाली साङ्गितिक क्षेत्रमा चर्चामा रहेका नाम मध्य एउटा नाम हो बिन्दु परियार , आफ्नो साङ्गितिक यात्राको शुरुवातबाटै ठूलो पर्दाका सफल नेपाली चलचित्रमा पर्ख पर्ख मायालु म पनि त आउला, पहिलो नम्बरमाू जस्ता सुपरहिट गित दिएकी गायिका बिन्दु परियारको नयाँ गीतको पर्खाइमा श्रोता रहन्छन् ।
यसैबिच गायिका बिन्दुले म के गरु गीतको म्युजिक भिडियो बजारमा ल्याएर आएकी छिन् उक्त गीत लाई धेरै दर्शकले मन पराएर युटुबको लिङ्क फेसबुकमा सेयर गरेर भाइरल नै बनाएको देख्न सकिन्छ ।आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गायिका बिन्दुले म के गरु शीर्षकको युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
एक नारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष् अविरलको सङ्गीत निर्देशन छ ।म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियङ्का कार्कीको साथ पाएकी छिन् । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाइजका कलाकारहरूले साथ दिएका छन् ।
उक्त भिडियोलाई भिमफेदी गाइजले नै कोरियोग्रँफी गरेको हो ।धिरज जङ्ग शाहद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका छन् , यश गितका प्रोड्युसर भने गायिका बिन्दु परियारका श्रीमान तथा म्युजिक एरेन्जर सुदिप सागर हुन् ।