प्रेम नारायण आचार्य
रिडि । रुरु धार्मिक सेवा सन्चार प्रालि ले रुरु धाम रिडिमा पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता गर्ने भएको छ ।
आउदो मंसिर १५ गते बिबाह पन्चमीको पुनित अबसर मा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा बिगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो संख बजाउने प्रतियोगिता , दिप प्रज्जलन, जेष्ठ नागरिक सम्मान, पत्रकार सम्मान, उत्कट कृषक सम्मान दानवीर सम्मान सहित अशल बुहारी समेत सम्मान गर्ने कार्यक्रम रहेकोे छ ।
भजन प्रतियोगितामा प्रथम पुरस्कार १० हजार र प्रमाणपत्र ,दितिय पुरस्कार ५ हजार र प्रमाणपत्र,तृतीय पुरस्कर ३ हजार र प्रमाण पत्र । सान्त्वना पुरस्कार २ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएकोे छ ।
साथै सहभागी पुरस्कार १ हजार र प्रमाणपत्र समेत दिइने छ । संख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार १५ सय र प्रमाणपत्र, द्धितिय पुरस्कर १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७ सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २ जनालाई ५ सयका दरले प्रदान गरिनेछ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका १र २ का जेष्ठ नागरिक , कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दिकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्य बति गाउँपालिका अस्लेवा १ का जेष्ठ नगरिक संमान गरिने छ । साथै सम्पुर्ण संमाननित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष चुरामनी तिमिल्सिनाले जानकारी दिनु भयो ।
रुरु धाम रिडिमा कार्यक्रम अबलोकन गर्न आउने सम्पुर्ण भक्तजन्हरुलाइ भन्डाराको समेत ब्याबस्था गरिने आयोजकले बताएको छ । यसै दिन सम्पुर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमत भागबत पाठपारायण , बेद पाठ , चन्डी पाठ, हबन, शिबजिको पुजा ग्रह शान्ती समेत गरिने छ ।
कार्यक्रममा १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिनेछ ।