छोटो चलचित्र देशभक्तको ट्रेलर सार्वजनिक

अर्घाखाँची डट कम संवाददाता 
दिल्ली- समय परिवर्तनसिल छ आजको समयमा हरेक दर्शकहरुले रुचाउने फिल्म टेलि फिल्म लगायत छोटो चलचित्र प्राय हट अनि भल्गर टाइपको हुन्छन कुनै बेला देशप्रेमी देशभक्ति चलचित्र को पनि राम्रै बजार हुन्थ्यो तर अहिलेको परिवेशमा यस्ता चलचित्र थोरै मात्र मा निस्कन्छन र पनि अंतमा घाटा खाएर थन्क्याएर राखिन्छ ।
यसै सन्धर्भमा दिल्लीमा कार्यरत पत्रकार मोडल तथा निर्देशक बाबु रोका मगर ले प्रवासमा बसेर देशको चिन्ता गर्ने देशप्रेमिहरुको यथार्थ जीवन लाई पर्दामा उतारी हरेक मानिसहरुलाइ देशको माया मन मस्तिष्क मा जगाउनु पर्ने र भ्रष्टाचार विरुद्ध को आवाज उठाउनु पर्ने संदेशमुलक छोटो चलचित्र “देशभक्त” को ट्रेलर आफ्नै युट्युब च्यानल The Roka Creation बाट सार्वजनिक गरेका छन । उक्त चलचित्र पैसा कमाउने हेतुले नभएर समाजमा एउटा सकारात्मक संदेश दिने लक्ष्य ले निर्माण गरिएको बाबु रोका मगर ले बताएका छन । 
भिडियो हेर्नुस्:-  https://youtu.be/HPGBmeaLe10