सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका जीवन परियारको शब्दमा गायक बिक्रम जङ्ग शाहको टिलपिल टिलपिल तारा भिडियो हालै सार्वजनिक भएको छ ।
भुवनेश्वोर अधिकारि सन्धिखर्क नेपाली गीत संगीतको सवै क्षेत्रमा कलम चलाउन सक्ने गायक जीवन परियार कुनै नौंलो नाम होइन । गाउन, लेख्न र संगीत गर्न सक्ने परियाले “टिलपिल टिलपिल तारामा” निकै मिठो संगीत भरेका छन् । तिनै जीवन परियारले संगीत गरेको “टिलपिल टिलपिल तारामा” झनै मेलिना राईको स्वरले त सुनमा सुगन्धनै थपिदिएको छ । मेलिना रार्ई र बिक्रम जगं शाहको स्वरमा बजारमा आएको यो गीत यतिवेला निकै चर्चामा रहेको छ ।
“टिलपिल टिलपिल ताराको” भिडियो हालै सार्वजनिक भएको हो । गीतमा सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको छ । यस गीतको भिडियोमा सुप’ष्पा भट्ट, रोहन असिब र अजय पुनले अभिनय गरेका छन् ।
युवा किशोर किशोरीको माया प्रेमलाई समेटेर गीतमा आफ्नो मायालुको वर्णन गरिएको छ ।
“टिलपिल टिलपिल तारा
तिम्रो रुपको गुनगान गाउछन दुनिया सारा”