पुर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापा सरसफाईमा जुटे

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं  । पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले निरन्तर सफाइ मा लागेका सरसफाइ अभियान्ताहरुलाई साथ दिदै  फोहोर टिप्न अभियान्ता संग सडक सफाइ मा अाएका छन्।
बुधबार बिहान ८बजे काठमाडौं रातोपुलस्थित सडक क्षेत्रमा रहेका फोहोर सरसफाइ अभियान्ताहरु सगं टिप्दै थुन्सेमा संकलन गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले सडकमा फोहोर नफाल्न समेत ब्यापारीहरुलाई लाई अनुरोध उन्ले उक्त क्षेत्रका करिब २५०ब्यापारी हरुलाई डस्बिन बितरण सम्म गरेका छन् उन्लेलनेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफूहरू तम्तयार रहेको उल्लेख गरे।
थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान अाजैबाट सुरू भएको हो।
भ्रमण वर्ष सुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको उल्लेख गर्दै उनले सडक कालोपत्र गर्ने सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिएको बताए।
उनले सडकमा यत्रतत्र फोहोर रहेको भन्दै उनले सडकमा फोहोर नफाल्ने संकल्प गर्नुपर्ने बताए।उन्लाइ साथ दिन विभिन्न सामाजिक  संघ संस्थाका प्रतिनिधि सफाई अभियान्ता सामाजिक अभियान्ताको बाक्लो उपस्थिति थियो