गायिका एलिना चौहानको यो मन भित्र एल्बम गीत सार्वजनिक (भिडियो सहित )

अभिनव चौहान
काठमाडौं  २३ माघ । यतिबेला सुगम संगीतकी  चर्चित गायिका एलिना चौहानको स्वर सजिएको  यो मन भित्र एल्बम गीत सार्वजनिक भएको छ । यस  गीतमा इरिक गिरीको शब्द तथा संगीत रहेको  छ भने  देव लोहारले एरेन्ज गरेका  हुन् । उक्त गीतमा सोही गीतका गायक गायिका क्रिषल कडेल र एलिना चौहानको अत्यन्तै राम्रो अभिनय देख्न सकिन्छ ।
विद्यार्थी जीवनमा एकले अर्कोलाई मन पराउने, प्रेम प्रस्ताव राख्ने र उसलाई पाउने अपेक्षा भएको जस्ता कुरालाई सशक्त रूपमा यस गीतमा देखाउन खोजिएको छ।गायिका एलिना चौहानले क्रिषल कडेललाई आफ्नो मनमा राखेको कुरा गीत देखाइएको छ।प्रेम आफैमा सुन्दर चीज हो ।त्यसलाई त्यसैगरी सुन्दर रुपमै सबैले ग्रहण गर्नु पर्ने यस गीतको मुल सन्देश पाउन सकिन्छ ।
शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेको  यस गीतमा  सागर गौतमको छायाँकन रहेको  छ।शब्द संगीत सिर्जना उनै संगीतकार इरिक गिरिकै छ।क्रिषल कडेल र एलिना चौहानको स्वर तथा अभिनयलाई पनि दर्शनले निकै रुचाएको पाइन्छ ।