राजन बिकको म्युजिक भिडियो पासपोर्ट हरियो सार्वजनिक (भिडियो सहित)

हरि कुँवर
अर्घाखाँची माघ २३  । वैदेशिक रोजगारको विषयलाई लिएर मन मुटु लाई छुने मार्मिक म्युजिक भिडियो को गीत “पासपोर्ट हरियो” सार्वजनिक भए सगै अर्घाखाँची लगाएत छिमेकी जिल्लामा चर्चा को विषय बन्न पुगेको छ ।
गाउँमा भालेको डाको सँगै प्रिय लाई छोडेर जानु पर्दा को पिडा थाम्न नसक्नु , बुवा आमा ले एक्लै छोरा विदेश पठाउन नसक्नु घर को यथार्थ पिडा लाई म्युजिक भिडियो मार्फत देखाउन खोजिएको छ ।  आफ्नो देश स्वर्ग जस्तै भएको व्याख्या गरे पनि हात मुख जोर्न सारै कठिन परेको छ ।   विदेशमा गएर पसिना बगाउने रहर कुन नेपालीको हुन्छ र ? तर पनि बाध्यता ले बुआ आमा श्रीमती छोराछोरी छोडेर परिवार को लागी भएपनी विदेश जानै पर्ने धेरै नेपाली को रहर होइन बाध्यता  बनेको छ । जस्ता यथार्थ कथा व्यथा  लाई गीत मा प्रस्तुत  गर्न खोजिएको देख्न सकिन्छ ।
“पासपोर्ट हरियो” को म्युजिक भिडियो ले सामाजिक संजालमा मात्र होइन गाउँ पनि चर्चाको विषय बनाइ रहेको छ। जालकाडा म्युजिक प्रालिका निर्देशक तथा चर्चित मोडल राजन बिक,   सारिका केसी  तथा साथीहरुको अभिनय लाई देख्न सकिन्छ  ।
उक्त गीतमा लय तथा शब्द सिर्जना गायक गणेश अधिकारी को रहेको छ भने अस्मिता  बुढाथोकिको स्वर रहेको छ । कथा लेखन तथा निर्देशन भने स्मृति तिमिल्सिनाले गरेकी हुन ।
गाउँ को यथार्थ कथा व्यथा मा आधारित ” पासपोर्ट हरियो” गीत ले धेरै दर्शक को  मन मस्तिष्क मा तरंग ल्याउन  सफल भएको जालकाडा म्युजिक प्रालिका निर्देशक तथा चर्चित मोडल राजन बिक ले बताउनु भयो ।