अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँचीका गायक विशाल रायमाझीको नयाँ गीत ‘पूर्वै धरान’ सार्वजनिक भएको छ ।
हरिमाया रायमाझीको शब्द, विशाल रायमाझीको लय रहेको गीतमा विशाललाई हरिमाया रायमाझी र सर्मिला रायमाझीले स्वरमा साथ दिएका छन् ।
गीतको आकर्षक भिडियोसमेत बनेको छ । भिडियोमा नक्कली अनमोल केसीको रुपमा केही पहिले युट्युवमा भाइरल अभिषेक श्रेष्ठ र एलिना रायमाझीको अभिनय रहेको छ ।
राजकुमार मगरको निर्देशन रहेको भिडयोमा सागर गौतमको छायाँकन र राजकुमार मगरकै स्म्पादन रहेको छ ।