अर्घाखाँचीका चर्चित गायक बसन्त लम्सालको लोक दोहोरी एल्बम टिकटक बजारमा (भिडियो सहित)
फाल्गुन २२ गते, २०७६ मा प्रकाशित
लक्ष्मण घिमिरे
लोक दोहोरी एल्बम ‘टिकटक’ बजारमा आएको छ । अर्घादरबार फिल्मस् प्रालीको ब्यानरमा कृष्ण थापा र अनिता मगरको लोक दोहोरी एल्बम टिकटक बजारमा आएको हो ।
‘छैन दायाँ बायाँ, इमो पनि खोले म्यासेन्जरमा बोले आखिर फेसबुक बाटै बस्यो हाम्रो माया/आखिर टिकटक बाटै बस्यो हाम्रो माया’ बोलको गित सर्वत्र बजारमा उपलब्ध भएको हो । अर्घाखाँचीका चर्चित गायक बसन्त लम्साल र अनिता मगरको सुमधुर आवाजमा रहेको गितमा कृष्ण थापाले शब्द सृजना गरेका हुन् । माया प्रेम र सामाजिक संजालको सेरोफेरोमा रहेर बनाइएको गितमा बसन्त लम्सालले संगित भरेका छन ।
यसको भिडियो पनि आकर्षक बनेको छ । चर्चित मोडेल करिष्मा ढकाल र साजन बोहोराको उत्कृष्ट अभिनयमा बनेको भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका छन । टिकटक एल्बम समय सान्दर्भिक र रमाइलो संगित भएको कारण दर्शक तथा स्रोताको धेरै माया पाउने आशा लिएको गायक बसन्त लम्सालले बताए ।
समाजका रमाइला पक्ष देखि बिकृती बिसंगतीहरुलाइ पनि सहजै व्यंग्य गर्ने गित संगीत पछिल्लो समय समाजको यर्थाथ झल्काउने एउटा दरिलो माध्यम बनेको छ ।