शितगंगा नगरपालिकाद्वारा डिसईन्फेक्सन स्प्रे गर्न शुरु (तस्बिर सहित)


सचिन बोहोरा
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले डिसईन्फेक्सन स्प्रे गर्न शुरु गरेको छ ।
नगरपालिकाले ठाडा बजार क्षेत्र, स्वास्थ्य कार्यालय, नगरपालिकाको कार्यालय, क्वारेन्टाइन क्षेत्र लगायत भीडभाड हुने ठाउँमा डिसईन्फेक्सन स्प्रे गर्न थालेकाे हाे ।
शितगंगा नगरपालिकाको कार्यालयबाट उक्त कार्य सुरुवात भएको नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीले बताउनु भयो । 
नगर भित्रका मुख्य हाइवे रोड, धेरै मानिसको आवज बजार गर्ने ठाउँ, अस्पताल, कार्यालयमा पहिलो चरणमा छकर्ने बताईएको छ । 
शितगंगा नगरपालिकाको नेतृत्वमा नेपाली सेना र स्थानिय कमलपोखरी युवा क्लबले डिसईन्फेक्सन औषधी स्प्रे गरेका थिए ।

अन्य समाचारहरु