अर्घाखाँची कांग्रेसका ६ पालिकामा नेतृत्व चयन, कहाँ को सभापति?

-अर्घाखाँची डटकम।

अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका छवटै पालिकामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ।

प्राप्त विवरणअनुसार भूमिकास्थान नगरपालिकामा तीर्थराज घिमिरे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी, शीतगंगा नगरपालिकामा हिम्मत पोख्रेल र सन्धिखर्क नगरपालिकामा तुलसीराम पौडेल पालिका सभापतिमा सर्वसम्मत चयन भएका छन्।

त्यस्तै पाणिनी गाउँपालिकामा नुर मोहम्मद मियाँ र मालारानी गाउँपालिकामा राजेन्द्र सुनार निर्वाचनमार्फत पालिका सभापतिमा निर्वाचित भएका छन्।

यससँगै अर्घाखाँचीमा कांग्रेसको पालिका तहको नेतृत्व चयन प्रक्रिया पूरा भएको जनाइएको छ। अब प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनसहितका निर्वाचन प्रक्रिया अघि बढ्ने कांग्रेस अर्घाखाँचीले जनाएको छ।

पालिका र सभापति :

  • भूमिकास्थान नगरपालिका — तीर्थराज घिमिरे — सर्वसम्मत
  • छत्रदेव गाउँपालिका — प्रकाशराज पन्थी — सर्वसम्मत
  • शीतगंगा नगरपालिका — हिम्मत पोख्रेल — सर्वसम्मत
  • सन्धिखर्क नगरपालिका — तुलसीराम पौडेल — सर्वसम्मत
  • पाणिनी गाउँपालिका — नुर मोहम्मद मियाँ — निर्वाचनबाट
  • मालारानी गाउँपालिका — राजेन्द्र सुनार — निर्वाचनबाट

#CongressNews #PoliticalNews #arghakhanchicom