पाणिनीकाे पटाैटीका स्वास्थ्यकर्मीलाई पटौटी सम्पर्क समाज रुपन्देहीद्वारा स्वास्थ्य सामाग्री वितरण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
पटाैटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ४ पटाैटीका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
पटौटी सम्पर्क समाज रुपन्देहीले पटाैटीका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
कार्यक्रम वार्ड नं. ४ का वडाअध्यक्ष स्थानेश्वर घिमिरेको उपस्थितमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा पटौटी सम्पर्क समाज रुपन्देहीका अध्यक्ष धर्मराज घिमिरे, सिडियम नेपालका अध्यक्ष विनाेद घिमिरे लगायतको सहभागिता रहेको थियो ।      
यस्तै पटौटी सम्पर्क समाज रुपन्देहीले पटाैटीका स्वास्थ्यकर्मीका लागि २५ प्रति सेनिटाईजर, २ प्रति पिपीई उपलब्ध गराउने भएको छ ।   

अन्य समाचारहरु