पाणिनी गाँउपालिकाद्वारा अतिविपन्न घरपरिवारलाई राहत सामग्री वितरण (भिडियो,तस्बिर सहित)


डिआरजी सुमन
मैदान, अर्घाखाँची डटकम् व्युरो  । पाणिनी गाँउपालिकाद्वारा अतिविपन्न घरपरिवार लाई राहत सामग्री वितरण कार्य सुरु भएको छ ।
यसै अन्तर्गत पहिलो चरणमा पाणिनि गाँउ पालिका वडा नं ५ मा अतिविपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री चामल,नुन,तेल,सोयाविन र सावुन वितरण गरीएको छ ।
पाणिनी ५ गाँउ पालिका अध्यक्ष अच्युत गौतम् , उपादक्ष्य लक्ष्मी गौतम, ५ नं वडा अध्यक्ष जीवलाल घिमिरे, वडा सदस्य ईश्वरा केशी,पार्वता सुनार , वडा सचिव रविन्द्र न्यौपाने,पालि प्रहरी चौकि प्रमुख असई गंज वहादुर घर्तिमगर,अर्घाखाँची डटकम् व्युरो प्रमुख पत्रकार डिआरजी सुमन लगायत स्थानिक समाजसेवीहरुको उपस्थितीमा पहिलो चरणको राहत वितरण गर्ने काम भएको छ ।
यो क्रमलाई जारी राख्दै भोली देखी नै पाणिनी गाँउ पालिका भित्र रहेका सवै वडामा वितरण कार्य लाई जारी राख्ने पाणिनी गाँउ पालिका अध्यक्ष गौतमले वताउनु भएको छ ।

अन्य समाचारहरु