सन्धिखर्कमा प्रहरीद्वारा एक ९० वर्षका वृद्ध शिद्धमणी बिकलाई उद्वार (तस्बिर सहित)

सन्धिखर्क नगरपालिका वडा नं.१ पक्की पुल नजिकै विगत केही दिन देखि वेवारिसे अवस्थामा बस्दै आएका जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका नुवाकोट घर बताउने वर्ष ९० का शिद्धमणी बि.क.लाई प्रहरी प्रमुख प्रकाश बिष्ट सहितको प्रहरी टोलीले उद्धार गरी सन्धिखर्क नगरपालिकामा रहेको सिद्धेश्वर शिवालय नजिकको पौवामा लगि स्थानिय समाजसेवी नारायण खनाल तथा तिलका भुसालको सहयोगमा निजलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु उपलब्ध गराई व्यवस्थित रुपमा खाने बस्ने व्यवस्था गरिएको । साथै निजको स्वास्थ्य जाँचको निम्ती अर्घाखाँची अस्पतालका प्रमुखसंग समन्वय गरिएको ।   
सागर महत
फुदबाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट प्रहरी एक  ९० वर्षका वृद्ध शिद्धमणी बिकलाई उद्वार गरेको छ ।   
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सडकमा केही दिन देखी अलपत्र परेका भुमिकास्थान नगरपालिका नुवाकोट घर बताउने ९० वर्षका वृद्ध शिद्धमणी बि.क.लाई सन्धिखर्क नगरपालिको वडा नम्बर १मा रहेको पक्की पुलबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टको टोली उद्वार गरेको हो ।
वृद्धलाई  उद्वार गरी सिद्धेश्वर शिवालय नजिकको पौवामा लगि स्थानिय समाजसेवी नारायण खनाल तथा तिलका भुसालको सहयोगमा आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु उपलब्ध गराइ बासको व्यवस्थापन गरीएको बताएको छ ।
साथै निजको स्वास्थ्य जाँचको निम्ती अर्घाखाँची अस्पतालका प्रमुखसंग समन्वय गरिएको छ ।  

अन्य समाचारहरु