छत्रदेवमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

केशव पन्थी, अर्घाखाँची डटकम।

अर्घाखाँची। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, बल्कोट दुन्द्रुकमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

छत्रदेव गाउँपालिकाको कार्यालय तथा स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्यको महत्त्व, मानसिक समस्याका लक्षण, कारण, उपचारका उपाय तथा आत्महत्या रोकथामका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले प्रशिक्षण दिँदै मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो। मानसिक समस्यालाई लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी उचित परामर्श र उपचार लिनुपर्नेमा उहाँले जोड दिनुभयो।

May be an image of text

कार्यक्रममा सहभागी वक्ताहरूले मानसिक स्वास्थ्यसम्बन्धी भ्रम र गलत धारणाहरू हटाउनुपर्ने, मानसिक समस्यामा परेका व्यक्तिलाई भेदभाव नगरी आवश्यक सहयोग गर्नुपर्ने तथा उनीहरूको कुरा सुन्ने र परामर्श तथा उपचारको सहज वातावरण बनाउनुपर्ने धारणा राखेका थिए।

May be an image of smiling, hospital and text

कार्यक्रममा वडा अध्यक्ष तेजप्रसाद खनाल, कार्यपालिका सदस्य सुमित्रा भुसाल पन्त, बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद खनाल, स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, महिला समूहका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

May be an image of one or more people and temple

images

दुन्द्रुक आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख यादव खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान, उचित सहयोग र उपचारमार्फत आत्महत्या रोकथाममा योगदान पुर्‍याउन सकिने विषयमा जोड दिइएको थियो।

May be an image of one or more people, people smiling and temple

images

तस्बिर : केशव पन्थी, अर्घाखाँची डटकम।

May be an image of smiling, hospital and text

images

#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #अर्घाखाँची #छत्रदेव #मानसिकस्वास्थ्य #आत्महत्यारोकथाम