अर्घाको पाथ्रावाङकी गर्भवती महिला अत्यधिक रक्तस्रावका कारण मृत्‍यु, कारण छोरा जन्माउने कहर

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ९ अर्घाको पाथ्रावाङकी एक गर्भवती महिला अत्यधिक रक्तस्रावका कारण मृत्‍यु भएको छ । 
अर्घाको पाथ्रावाङ्गकी २९ वर्षीय गर्भवती देवी विकको सन्धिखर्क अस्पताल नजिकै ल्याउँदै गर्दा आईतबार साँझ बाटोमै मृत्यु भएको उनका जेठाजु जीवबहादुर विकले बताए ।
देवी आइतबार बेलुका ५ बजेसम्म घरको काम गरिरहेकी थिइन्। काम गर्दागर्दै एक्कासी रक्तश्राव भयो। त्यसपछि गाडीमा सन्धिखर्क अस्पताल नजिकै ल्याउँदै गर्दा बाटामै ज्यान भएको उनले बताए। देवीलाई साढे ६बजे अस्पताल ल्याइपुर्‍याइएको थियो। अर्घाखाँची अस्पताल प्रमुख डा.काेपिल गाैतमले अस्पताल पुराउँदा उनकाे मृत्युु बाटाेमै भईसकेकाे बताउनु भयाे । गाैतमले एकदम छाेटाे समयमा धेरै भन्दा धेरै रक्तस्राव भई निधन हुन पुगेकाे बताउनु भयाे । मृत अबस्थामा नै हामिले उहाँलाई भेट्यौं केही गर्न सक्ने कुरै भएन डा. गाैतमले बताउनु भयाे ।
छोरा जन्माउने कहरले ज्यान गयो 
देवी विकले तीन छोरी जन्माइसकेकी थिइन्। चौथो बच्चा गर्भमा आठ महिनाको भइसकेको थियो। घरपरिवारमा छोरा तीन पटकसम्म छोरी जन्माएकी बिमला गाउँघरमा अपहेलित भइरहनु परेको स्थानियले बताए । श्रीमान भारतमा छन् ।  तिनै देवीको गर्भवती अवस्थामै मृत्यु भएको छ। समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा र नियमित स्वास्थ्य जाँच गराउन नजाँदा उनको ज्यान गएको बताइएको छ ।
देवीका लगातार ३ छोरी भएपछि श्रीमान, घरपरिवारबाट छोरा जन्माउने वाध्यता रहेको छिमेकीले बताए । छिमेकीले ३ वटा छोरी भए पुग्छ भन्दा पनि श्रीमान, घरपरिवारका कारण छोराको लागि चौथो बच्चा पाउन बाध्य भएकी थिईन् । लगातार तीन छोरी जन्माईएकी उनी पछिल्लो समय निरास थिईन् । अन्तत छोराको आशामा आफ्नै ज्यान दिईन् ।   

अन्य समाचारहरु