पाणिनीमा पटौटीको कुडापानी र निगालीका अतिविपन्न २२ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण (तस्बिर सहित)


डिआरजी सुमन
पटौटी, अर्घाखाँची डटकम् व्युरो । पाणिनी गाँउपालिका वडा नं ४ पटौटीको कुडापानि र निगालीका अतिविपन्न २२ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । 
पाणिनी ४ का वडा अध्यक्ष स्थानियस्वर घिमिरे,वडा सदस्य शालिकराम घिमिरे , वडा सदस्य राम वहादुर थापा , वडा सचिव रविन्द्र न्यौपाने , पाणिनी उद्योग व्यापार संघका अध्यक्ष भोजराज घिमिरे (संकर) , वडा स्तरिय कोरोना रोकथाम तथा प्रतिकार्य समन्वय समिती सदस्य कृष्ण गैरे , सदस्य वामदेव घिमिरे, सदस्य खुम वहादुर राना, खिदिम प्रहरी चौकि प्रमुख सई कमल राना, पाणिनी ४ का वडा कर्मचारी माधव घिमिरे,कर्मचारि रोमनाथ घिमिरे , अर्घाखाँची डटकम् व्युरो प्रमुख स्वतन्त्र पत्रकार डिआरजी सुमनको उपस्थिती रहेको राहत वितरण कार्यक्रमको पहिलो चरण अन्तर्गत कुडापानि र निगालीमा गरी २२ जना लाई वितरण गरिएको छ  । 
 यों क्रमले निरन्तरता पाउदै भोली नै दोस्रो चरणमा वाँकि सवैलाई वितरण गरिने कोरोना रोकथाम तथा प्रतिकार्य समन्वय समिती सदस्य कृष्ण गैरेले वताउनु भएको छ । 
यो राहत वितरण कार्यमा कुनैपनि लापरवाही नहुने वडा अध्यक्ष को भनाई छ भने कसैको सोर्सफोर्समा नभई वास्तविक गरिवले राहत पाउने वडा सचिव रविन्द्र न्यौपानेको भनाई छ । म्याद गुज्रीएका गुणस्तरिय हीन सामग्री विक्रि नगर्न र महँगाई हुन नदिन पाणिनी उद्योग व्यापार संघका अध्यक्ष भोजराज घिमिरे (संकर)ले सवै व्यापारीलाई आग्रह गरेका थिए । 
– डिआरजी सुमन/अर्घाखाँची डटकम् 

अन्य समाचारहरु