खाँचीकोटको प्रगतिनगर भालुखोलाका युवाहरुद्वारा देवलमा प्रबेश निषेध (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाचिकोटको प्रगतिनगर भालुखोलाका युवाहरुले देवलमा प्रबेश निषेध गरेका छन् ।
बिश्व भरि फैलिएको कोरोना भाइरस कोभिड १९ र यसबाट बच्न र  बचाउन,  अपरिचित बिना कारण हिड्ने र गतिबिधि गर्नेका बिरुद्द गाउँ सुरक्षित हुन नसकेको भन्दै खाचिकोटको प्रगतिनगर भालुखोलाका युवाहरुले देवलमा प्रबेश निषेध गरेका हुन् ।
आत्यावश्यक सवारीलाई अनुमती दिने र अपरिचित र अनाबस्यक  रुपमा चल्ने सवारी र मानिसहरुलाई देवलमा प्रबेश निषेध गरिएको हो ।
पछिल्लो समय अर्घाखाँचीमा लकडाउनको अवज्ञा गर्नेको संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कडाई गर्ने बताएको छ । यस्तै दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।   

अन्य समाचारहरु