सन्धिखर्क नगरपालिकाको कोरोना राहत कोषलाई साथी सहकारी संस्थाद्वारा रु. १,११,१११

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले खोलेको कोरोना रोग नियन्त्रण बिपत कोषलाई साथी बचत तथा ऋण सहकारी संस्था लि.ले १ लाख ११ हजार १ सय ११ रुपैया जम्मा गरेको छ । 
साथी बचत तथा ऋण सहकारी संस्था लि.को आज बसेको संचालक समितिको बैठकको निर्णय अनुसार राष्ट्रिय बाणिज्य बैकको सन्धिखर्क नगरपालिका राहत कोषको खातामा रु १,११,१११।- एकलाख एघार हजार एकसय एघार जम्मा गरिएको हो । 
साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार बसेको बैठकले १ लाख ११ हजार १ सय १ रूपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष धर्मराज भुसालले जानकारी दिनुभयो ।
साथी साकोसको तर्फबाट ७१ हजार १ सय ११, अर्घाखाँची युवा परिषद्ले २० हजार र साथी सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुबाट दश÷दश हजार संकलन गरी जम्मा गरिएको साथी सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले बताउनुभयो ।
 उक्त रकम निम्न अनुसार जम्मा गरिएको छ।
साथी साकोस बाट :- रु ७१,१११
अर्घाखाँची युवा परिषद् बाट:- रु २०,०००
साथी संचालकबाट :- रु १००००।-
साथी कर्मचारीबाट :- रु १००००।- 

अन्य समाचारहरु