खाँचीकोटको डिहिडाँडामा छिर्ने चारै तिरको बाटाे बन्द, धुम्रपान गर्न-सक्सी पिउन प्रतिबन्ध (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
डिहिडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं-७ खाँचीकोटको डिहिडाँडामा लकडाउनको अवज्ञा गरेको भन्दै चन्द्र प्रभा खाँचिकाेट युवा क्लवले कडाई गरेको छ । 
चन्द्र प्रभा खाँचिकाेट युवा क्लवले जारी गरेको विज्ञप्ती अनुसार डिहिडाँडामा लकडाउनको अवज्ञा गरी जमघट हुने, धुम्रपान गर्ने, मदिरा सेवन गरेको भन्दै अब देखि कसैले गरेको पाईएमा कडा कारबाही गरिने बताएको छ । 
यस्तै लकडाउनकै क्रममा डिहिडाँडा र ढिकुराकाे सिमानामा पर्ने खरिखाेलामा बाटाे बन्द गरिकाे छ । साथै फर्ज्याङखाेलाबाट पारी डिहि जाने बाटाे र फुदबाङबाट डिहिडाँडा आउने बाटाे पनि फर्ज्याङखाेलामा पुर्ण रूपमा बन्द गरिएकाे छ । तर मुलबाटाे अत्यावश्यक साधन एम्बुलेन्सकाे लागि मात्र खाेलिने छ।
साथै चन्द्र प्रभा खाँचिकाेट युवा क्लवले माहामारीबाट बाँच्न बाच्न आफ्नै घरमा बस्न, नियमित सरसफाइमा ध्यान पुर्याउन सबैमा अनुरोध गरेको छ ।    

अन्य समाचारहरु