पाणिनीको पोखराथोकमा राहत वितरण (तस्बिर, सम्पूर्ण विवरण सहित)


डिआरजी सुमन
पोखराथोक,अर्घाखाँची डटकम् व्युरो । पाणिनी गाँउपालिका वडा नं २ पोखराथोक स्थित वडा कार्यालयवाट अतिविपन्न यस वडाका ८३ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । 
पाणिनी गाँउ पालिका स्थित सवै वडामा राहत वितरणले निरन्तरता पाएको छ यदि कतै कोही छुट्नु भएको भएपनि हामी राहत दिने छौ तपाईहरु कोहीपनि भोकै वस्नु पर्दैन तर लकडाउन को पालना पुर्ण रुपमा गर्नु होला गाँउ पालिका अध्यक्ष अच्युत गौतमको भनाई छ ।
पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम, २ नं वडा अध्यक्ष नेत्र भट्टराई,वडा सदस्य लक्ष्मी विक, वडा सचिव शर्मिला वस्याल, खिदिम प्रहरी चौकि प्रमुख सई कमल राना, स्थानीय समाजसेवी चन्द्रकान्त पौडेल, स्थानीय समाजसेवीहरु , अर्घाखाँची डटकम संवाददाता चोलनाथ पौडेल, स्वतन्त्र पत्रकार डिआरजी सुमनको उपस्थितीमा राहत वितरण गरिएको छ  । 
हामी निरन्तर अतिविपन्न घरवार लाई राहत वितरण कार्यमा लागी रहेका छौ । यदि वास्तविक समस्या कसैलाई भएको खण्डमा वडा कार्यालयमा संपर्क गर्नुहोस वडा अध्यक्ष भट्टराईको अनुरोध छ । यो राहत कसैको सोर्सफोर्समा नभई वास्तविक विपन्न परिवारले मात्र पाउने वडा सचिव शर्मिला वस्यालको भनाई छ । –
 तस्वीर : डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु