सन्धिखर्क नगरपालिकाद्धारा डिसईन्फेक्सन स्प्रे गर्ने कार्य जारी (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले डिसईन्फेक्सन स्प्रे गर्ने कार्य जारी छ ।
नगरपालिकाले सन्धिखर्क बजार क्षेत्र, सरकारी कार्यालयहरु, क्वारेन्टाइन क्षेत्र लगायत भीडभाड हुने ठाउँमा डिसईन्फेक्सन स्प्रे गरिरहेको छ । 
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( COVID-19) सङक्रमणलाई निराकरण गर्ने उद्देश्यले मंगलवार जिल्ला प्रहरी कार्यालयको परिसर भित्र सन्धिखर्क नगरपालिकाको बारुण यन्त्रले  औषधी छर्किई डिसईन्फेक्सन गराईएको थियो । 
सन्धिखर्क नगरपालिकाले डिक्साईड ४०० कमव्याटन नामक सर्टिफाईड केमिकल नगरपालिकाको मुख्य-मुख्य स्थानमा आईताबारदेखि छर्न शुरु गरेको थियो । 
नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक स्वास्थ्यकर्मीहरु नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा डिसईन्फेक्सन छरिएको थियो । 

अन्य समाचारहरु