धनचौरको सेङलेङमा पहिलो पटक खाधन्न लिएर ट्रक पुग्यो

अर्घाखाँचीडट्कम संवाददाता 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) का कारण लकडाउन भएको अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरको सेङलेङमा पहिलो पटक  खाधन्न लिएर ट्रक पुगेको छ । 
व्यापारी मन बहादुर बुढाथोकीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार धनचौरको सेङलेङमा पहिलो पटक गोरसिङेबाट चामल लिएर ट्रक पुगेको हो । सेङलेङमा बाटोका कारण अहिलेसम्म गाडी पुग्न नसकेको बेला पहिलो पटक बिहीवार ट्रकले चामल लिएर पुगेको थियो । 
बुढाथोकीले धनचौरको सेङलेङमा खाधन्नको समस्या परेर सम्बन्धित निकायबाट पास लिएर गोरसिङेबाट चामल लिएर आएको बताए । 
उता धनचौर सेङलेङमा लकडाउनको पूर्णपालना गरिएको छ । 

अन्य समाचारहरु