भुमिकास्थानको ढाकाबाङमा बँदेलको आक्रमणबाट ३ जना घाइते


अर्घाखाँचीडट्कम संवाददाता 
ढाकाबाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकाबाङमा बँदेलको आक्रमणबाट ३ जना घाइते भएका छन् । 
बाबुराम बेल्बासेले डट्कमलाई बताए अनुसार ढाकाबाङमा बँदेलको आक्रमणबाट ५२ बर्षिय चन्द्र बहादुर केसी, २६ बर्षिया सरिता बिक र १५ बर्षीय लक्ष्मी बिकलाई घाइते भएका हुन् । 
बारीमा मल फाल्ने क्रममा उनिहरुलाई बँदेलले एक्कासी आक्रमण गरेको थियो । उनिहरुको अवस्थ्या सामान्य छ ।  
उता गत चैत्र १६ गते आइतवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर -२ अर्घाको रुब्दीमा बँदेलको आक्रमणबाट ३ जना (६५ वर्षिय चुमा भुसाल, ३२ वर्षिय बोम बहादुर घर्ती, ३८ वर्षिय कल्लु चौधरी) घाइते भएका थिए । 

अन्य समाचारहरु