भुमिकास्थानको धारापानीमा जीप दुर्घट्ना, २ जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वाड नं. ३ धारापानीको रातामाटा घुम्टीमा जीप दुर्घटना भएको छ । दुर्घट्नामा २ जना घाइते भएका छन् ।  
डट्कमलाई प्राप्त जानकारी अनुसार धारापानीको रातामाटा घुम्टीमा शुक्रबार साँझ लु १च २५९२ नम्बरको सिङ्ल क्याप जीप दुर्घट्ना हुँदा २ जना चालक सनु बिसी र सह- चालक सुरज भुसाल घाइते भएका हुन् ।
घाइते चालक र सह- चालकलाई धारापानी स्वास्थ चौकीमा प्रथामिक उपचारपछि सन्धिखर्क ल्याइएको छ ।  

अन्य समाचारहरु