कोरोना आशंकामा एकै परिवारका तीन जना पाटन अस्पताल भर्ना

कोरोना संक्रमणको आशंकामा तीन जनालाई पाटन अस्पताल भर्ना गरिएको छ। पाटन अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माका अनुसार २८ दिन अघि लन्डनबाट फर्केका एकै परिवारका ३ जनालाई आसोलेसनमा राखिएको हो।

उनीहरुको र्‍यापिड टेष्टमा रिपोर्ट पोजेटिभ देखिएको छ। पीसीआर विधिबाट परीक्षणको लागि उनीहरुको थ्रोट स्वाव र रगतको नमुना संकलन गरी लागि टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको शर्माले बताए। उनीहरु पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए।
– असिम न्यौपाने