पाणिनीको पालीमा बाघको आतंक, दिनदाडै बाख्रा खान थाल्यो, त्रसित स्थानियबासीद्वारा बाघ नियन्त्रणको पहल गरिदिन आग्रह


अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८  पालीमा बाघले आतंक मच्चाएको छ ।
पछिल्लो समय बाघको आतंकले कोरोना भाईरसका कारण लकडाउनमा बस्न वाध्य पालीका स्थानीय त्रसित भएका छन् । बाघले स्थानियको आधा दर्जन बढी पशुचौपाया मारेर खाएको पाली कोट मुनि डोरा टोल घर भएका कलाकार  वसन्त लम्सालले अर्घाखाँचीडट्कमलाई जानकारी दिनुभयो ।
पालीमा दिनहुुँ  बाघले बाख्रा लैजाने गरेको स्थानियबासीले बताए । आज सोमबार बेलुका पालीको कोट मुनि डोरा टोलमा आफ्नै  वसन्त लम्सालको घरको खोर बाटै बेलुका ५ बजे नै बाघले एक बाख्रो लगिदिएको छ।
यस्तै अस्ति पनि बेलुका पालीको कोट मुनि सुनिल लम्सालको खोरबाटै एक बाख्रो लगेको थियो । ४ दिन पहिले गोम लाल लम्सालको घरको खोर बाटै एक बाख्रो लगिदिएको थियो ।
साथै १ हप्ता पहिले पाली कै रिखा पोख्रा रिखी रामको घर कै खोरबाट एक बाख्रो लगेको थियो । यस्तै ३ हप्ता पहिले कै पाली अरेलाबाटै घरको खोरमा बाधेर राखेको बाख्रो बाघले  लागि दिएको थियो ।
अहिलेसम्म मानिसलाई आक्रमण नगरेपनि बाघले यसरी पशुचौपाय माथि आक्रमण गरेपछि स्थानिय निक्कै आतंकीत र त्रासित बनेको वसन्त लम्सालको भनाई छ । बाघको पाईला हेर्दा निक्कै ठुलो बाघ भएको हुन सक्ने आशंका गर्न सकिने लम्सालले बताउनुभयो ।
बाघले धेरै आतंक मच्चाउन थालेपछि पालीका स्थानियबासीले बाघ नियन्त्रणको पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
आफूले पालेका घरपालुवा जनावारहरु बाघले खान थालेपछि चिन्तित भएको स्थानीय पालीका बासिन्दाले अर्घाखाँचीडट्कमलाई बताएका छन् ।

अन्य समाचारहरु