भूमिकास्थान नगरपालिकाकाे राहत कोषमा अहिलेसम्म ३ लाख ८२ हजार ३ सय रुपैया जम्मा

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको भूमिकास्थान नगरपालिकाकाे राहत कोषमा अहिलेसम्म ३ लाख ८२ हजार ३ सय ७४ रुपैयाँ जम्मा भएको छ ।
भूमिकास्थान नगरपालिकाले डट्कमलाई जानकारी गराए अनुसार राहत कोषको अहिलेसम्म ३ लाख ८२ हजार ३ सय ७४ रुपैयाँ रकम जम्मा भएको हो ।
यसैक्रममा राहत कोषमा भूमिकास्थान नगरपालिकाका राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट रु.२ लाख ६ हजार ८ सय ७४ रुपैयाँ, नगर प्रमुख रेशम थापाबाट रु.१७ हजार ५ सय रुपैया, भूमिकास्थान नगरपालिका वडा नं.८ लात्तेबाँझ निवासी बर्ष ३४ का राजकुमार श्रेष्ठबाट रु.१० हजार, देउराली यातायात व्यबसायी समिति सन्धिखर्क अर्घाखाँचीबाट रु.१ लाख १ हजार, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) अर्घाखाँचीबाट रु.१७ हजार, भूमिकास्थान नगरपालिका वडा नं.८ च्यूरामाटी निवासी प्रेमनारायण गैरे र कविता घिमिरेबाट छोरी सम्बृद्धिको बैशाख १० गते पर्ने जन्मदिनको पूर्व सन्ध्यामा रु.१५ हजार, भूमिकास्थान नगरपालिका वडा नं.६ निवासी क्याप्टेन प्रेमनारायण बेल्बासेबाट रु.१५ हजार गरी हालसम्म ३ लाख ८२ हजार ३ सय ७४ रुपैयाँ रकम जम्मा भइसकेको छ ।
भूमिकास्थान नगरपालिका स्थित सेन्चुरी कमर्सियल बैंकमा संचालन गरिएको उक्त स्थानीय तह प्रकोप ब्यबस्थापन खाता नं.०९००००००१२ जि ई मा विभिन्न जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, संघ संस्थाहरु र समाजसेवीहरुबाट व्यक्तिगत रुपमा समेत रकम उपलब्ध भइरहेको छ । 

अन्य समाचारहरु