पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा कोरोना भाईरस नियन्त्रणका लागी पाणिनीमा उच्च निगरानी


डिआरजी सुमन 
मैदान, अर्घाखाँची  (अर्घाखाँची डटकम/व्युरो रिपोर्ट ) ।  पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनाम,उपादक्ष्य धुर्व घिमिरे सहितको एक विशेष टोली पाणिनी गाँउ पालिकाको दक्षिणी सिमा ढोरपाटन सडकको पाल्पा सिमाना ढुग्रीखोला र छिमेकि जिल्ला पाल्पा कै खुरसानेवाट भर्तापुर जोड्ने वैकल्पिक मार्ग हुदै कमेरे,मसिना,नेटाका पोखरासम्म स्थलगत अनुगमन गरेको छ । 
हिजो रुपन्देहीको भैरहवा देखी पाणिनी ४ पटौटी आउदै गरेका ७ जनालाई प्रहरी र स्थानीय निकायको जिम्मा लगाएको टोलीले आज पनि कपिलवस्तु देखी पाणिनी ६ धातिवाँग आउदै गरेका १ जना र पाणिनी ४ पटौटी आउदै गरेका ३ जनालाई स्थानीय निकायलाई जिम्मा लगाएको छ । पाणिनीमा पहिलो पटक एम्बुलेंस संचालन गरेको समाजले कोरोना रोकथाम तथा नियन्त्रण को लागी पनि पाणिनीमा सजगता अपनाउन आवश्यक पहल गर्दै आएको छ । 
पाणिनीको दक्षिणी सिमा ढुग्रीखोलामा रहेको अस्थायी प्रहरी चौकीमै पुगी प्रहरीको समस्या सोधेर आवश्यकता परे स्यांमसेवक खटाउन समाज तयार रहेको अध्यक्ष सुनामले असई संतोष केसीलाई जानकारी गराउनु भयो । यस्तै पाणिनी प्रवेश गर्नेहरुमा कडाईको साथ लाग्न र आवश्यक परे जस्तोसुकै सहयोग गर्न संस्था तयार रहेको वताउदै सिमामा थप कड़ाई गर्न उपाध्यक्ष धुव्र घिमिरेले अनुरोध गर्नु भएको छ । तपाईको खाद्यान्न लगायतका समास्या के छन त भन्ने पत्रकार को प्रश्नमा असई संतोष केसी भन्नु हुन्छ हामीलाई प्रहरी जनशक्ति कम भएको छ । खाद्यान्न लगायतका समस्या छैनन् तर एकजना स्वास्थ्यकर्मी र ज्वरो नाप्ने मसिना यहाँ राख्न सकिएमा थप प्रभावकारी हुनेथियो ।  
पाणिनी पर्यटन समाजको टोली पाल्पाको खुर्साने हुदै अर्घाखाँचीको भर्तापुर,वर्थान,मसिनामा स्थलगत अनुगमन गरी आज पनि खरिगैरामा भेंटी ४ जनालाई स्थानिय निकायको जिम्मा लगाएको छ । पाणिनी पर्यटन समाजले वास्तविक समस्या परेका जनतालाई चाउचाउ र पानी पनि सहयोग गर्दै आएको छ । 
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु