मालारानीका मृगौला रोगले पिडितलाई पाणिनी पर्यटन समाजको एम्बुलेंस मार्फ़त सहयोग

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   विश्वभर जस्तै नेपालमा पनि कोरोना संक्रमण फैलिने डरले यसवाट वाट वच्न यतिवेला शहरमा वस्नेहरु गाँउ आउने घुईचो नै लागेको छ । 
यस्तै लकडाउन को प्रवाह नगरी वुटवल देखी पैदल यात्रा गर्दै पाणिनी ३ दुर्गाफाटमा पुगेका अर्घाखाँची जिल्ला मालारानि गाँउ पालिका ३ र ४ का गरी ३ जना युवालाई पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनाम,उपादक्ष्य धुव्र घिमिरे सहितको नेतृत्वमा उद्धार गरि आफ्नै समाजको एम्वुलेन्स मार्फत मालिरानि गाँउ पालिका पठाउने काम भएको छ  । 
म वुटवल वसेर मृगौला को उपचार गराई रहेका थिए दिनप्रतिदिन शहरमा समस्या देखेपछि धेरै दुख पाएर घर जादै छौ । हामी विरामी सहित दिनभर हिडेर दु्र्गाफाट पुगेका थियौ । पाणिनी पर्यटन समाज का साथीहरुले रोकेर सोधपुछ गरी सहयोग गर्ने वताउनु भयो ।
 हामी खुसी छौ पिडितको भनाई थियो । हामी सेवामा जुटीरहेका रहदा यदि केहीपनि समस्यामा भए निःशुल्क सेवा दिन तैयार रहेको झविन सुनाम वताउनु हुन्छ । आज ३ जनालाई मालारानीको जनप्रतिनिधीसँग आवश्यक प्रक्रियावारे कुराकानी गरी पाणीनी पर्यटन समाजकै सदस्य एम्बुलेंस चालक पुस्कर घिमिरे मार्फ़त गन्तव्यमा पठाएको छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् 
 

अन्य समाचारहरु