पाणिनी गाँउपालिकाको कार्यपालिका वैठक सम्पन्न, सिमामा चेकपोस्ट राखिने, छुटेकालाई पुन: राहत वितरण गरिदै


डिआरजी सुमन
दुर्गाफाँट अर्घाखाँची डटकम् । पाणिनी गाँउपालिका को कार्यालय दुर्गाफाटमा आज विहान वसेको कार्यपालिका वैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागी केही महत्वपूर्ण निर्णय गरेको छ ।

जिल्ला वाहिर रहेका स्थानीय वासीको समस्या, स्वास्थ्य सजगता, कर्न्टाईनको व्यावस्था, राहत वितरण, सुरक्षा चेकपोस्ट लगायतको विषयमा केन्द्रीत वैठकपछि अर्घाखाँची डटकम् सँग कुरा गर्दै पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम,उपादक्ष्य लक्ष्मी गौतम,स्वास्थ्य संयोजक सेषकान्त घिमिरे,७ नं वडा अध्यक्ष गुनाखर अधिकारी,८ नं वडा अध्यक्ष मीनराज आत्रेय, ४ नं वडा अध्यक्ष स्थानेस्वर घिमिरेले उच्च सतर्कता वढाउने खालको निर्णय भएको जवाफ दिनु भएको छ ।
तराईवाट अर्घाखाँचीको पाणिनी जोड्ने पाल्पासँगको सिमाना ढुग्रीखोलाको चेकपोस्ट वाट यतिवेला सुरक्षा मजवुत वनाईएपछि खुर्साने वाट भर्तापुर र दमिल्ला हुदै भर्तापुर आउनेहरुलाई लक्षित गर्दै मसिना क्षेत्रमा पनि चेकपोस्ट राख्न जरुरी देखिएको महसुस गर्दै आवश्यक प्रक्रिया अगाडी वढाउने तयारी वारे पनि छलफल भएको जनाईएको छ ।
पहिलो चरणमा राहत वितरण गर्दा छुटेकाहरुलाई राहत वितरण गर्ने योजना पनि आवश्यक छलफल भएको छ । यस्तै करेनटाईनमा को को लाई राख्ने र अहिले रहनेहरुको विषयमा छलफल भएको छ ।

तस्वीर-डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु