पाणिनी गाउँपालिकाको पालीबाट १५ जना मजदुरहरुको उद्दार (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीबाट १५ जना मजदुरहरुको उद्दार गरिएको छ । 
पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा बाग्लुङबाट कैलाली र सुर्खेत जाँदै गरेका १५ जना मजदुरहरुको उद्दार गरिएको हो । 
स्वास्थ्य चौकी पालीका इन्चार्ज रामप्रसाद घिमिरेले अर्घाखाँचीडट्कमलाई बताए अनुसार बाग्लुङबाट कैलाली र सुर्खेत जाँदै गरेका १५ जना मजदुरहरुलाई वार्ड नम्बर ८ पालीका जनप्रतिनिधि, स्थानियबासीको पहलमा उद्दार गरिएको छ । 
यस्तै स्थानीय महेश पन्थले १२ जना र शिरधर पौडेलले ३ जनाको लागि बिहानको खानाको बन्दोबस्त गर्नुभएको भएको छ । र आज साँझको बाँस कमला माबिमा गरिएको र खाना गाउँपालिकाले ब्यहोर्ने ब्यबस्था मिलाइएको वार्ड नम्बर ८ वाडअध्यक्ष मिनराज आत्रेय र गाउँपालिका अध्यक्ष अचयुत गौतमले बताउनु भयो । साथै सबैजनाको ज्वरो परिक्षण गर्दा सामान्य रहेको छ ।
उद्दार गरिएका १५ जना मजदुरहरुलाई भोलि बिहान ६ बजे गोरुसिङेसम्म पाणिनी गाउँपालिकाले बसको बन्दोबस्त गर्ने त्यसपछि कैलाली र सुर्खेत जिल्लाका सम्बन्धित स्थानिय सरकारसँग समन्वय गरि गोरुसिङेबाट उनिहरुको घरसम्म पुराइने भएको हो । 

अन्य समाचारहरु