ठाडाको अमराई बजारमा न्यू अमरावति युवा क्लबद्वारा हेल्थ डेस्क संचालन

गणेश बेल्बासे संगम
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा शितगङ्गा नगरपालिका वार्ड नं. ४ ठाडा अमराई बजारमा काेराेना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै न्यू अमरावति युवा क्लबले  हेल्थ डेस्क सुचारु गरेको छ ।
काेराेना भाइरस (काेभिड १९) बाट बच्नका लागि न्यू अमरावती युवा क्लबले विभिन्न काम गर्दै आएकाे छ । जनचेतनाका लागि विभिन्न पर्चा, पम्पेलेट, स्वास्थ्य परिक्षण तथा टाढाबाट आउने पैदल यात्रीहरुका लागि खाजाकाे व्यवस्था समेत गरेकाे छ ।
शितगङ्गा नगरभित्र आउने जाे काेहीलाई पनि क्लबले सक्दाे सहयाेग गर्ने अध्यक्ष सराेज परियार बताए ।

अन्य समाचारहरु