पाणिनी गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म २७ लाख ५५ हजार ८ सय १५ रुपैया जम्मा

सुर्य भुसाल 
पाणिनी  , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको पाणिनी गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म २७ लाख ५५ हजार ८  सय १५   रुपैया जम्मा भएको छ ।
पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार राहत कोषमा अहिलेसम्म २७ लाख ९५ हजार ८  सय १५   रुपैया जम्मा भएको हो ।
बिपत बेला सहयोग गर्ने सबै सहयोगी मनहरुलाई यस्तो उदारणिय कार्य गरेको भन्दै धन्यवाद दिदै बिपत कोषमा रकम सहयोग गर्न सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख प्रसासकिय अधिकृत पौडेलले निकालेको धन्यवाद पत्रमा उल्लेख छ ।  

अन्य समाचारहरु