पाणिनि गाउँपालिकाद्वारा सिमामा अलपत्र किरीयापुत्रीको उद्धार

प्रेम नारायण आचार्य
भारतीय सिमानामा अलपत्र परेका किरियापुत्री र उनका छोरा सहित २ जनालाई पाणिनि गाउँपालिकाले उद्धार गरी आफ्नो घरमा ल्याई किरीया बसालेको छ ।
लकडाउनका कारण २२ दिन देखि सुनौली नाकामा रोकिएका पाणिनि गाउँपालिका वडा नम्वर ४ पटौटीको निगाली निवासी धनीश्वर बिकलाई उनका बुबाको मृत्यु भएपछि किरीया गर्न उद्धार गरी ल्याइएको हो ।
उनका बुबा उदयबहादुर बिकको ८ गते राती निधन भएको थियो । ब्बाको निधनमा एक्लो छोरा धनीश्वर पनि किरीया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेस सरकार संग समन्वय गरेर २ जनालाई उद्धार गरी घरमा लिएर आएको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनु भयो । हिन्दु धर्म र सस्कृति अनुसार छोरा बिना किरीया बस्न नमिल्ने भएपछि दुई देशका सरकार संग समन्वय गरेर २ जनालाई घरमा ल्याइएको अध्यक्ष गौतमको भनाई छ ।
कसैसंग नछोईकनै किरीया गर्ने गरी किरीया बसालेका छौ र र्यापिड टेस्ट र स्वाब परीक्षण सबै गराएर सबै रिपोर्र्ट नेगेटिभ देखिएपछि घरमै सेल्फ क्वारेन्टाईनमा राखेर किरीया बसालेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
अन्य जिल्लाका मानिसहरु बाबुआमाको किरीया पनि सिमानामै बसेको भन्ने खबर आइरहदा पाणिनि गाउँपालिकाले आफ्नो पालिकाका किरीयापुत्री र उनका छोरा राजु बिकलाई घरमा ल्याएर सेल्फ क्वारेन्टाईन अनुसार राखेको हो ।
बुबाको मृत्यु हुदा दागबत्ती दिनआउन नपाएका उनी किरीया गर्न आउदा खुशी भएका छन् । सबैले उतै सिमानामा किरीया बस्न पर्छ होला भनेका थिए । पालिका अध्यक्षको पहलमा घरमै आएको बुबाको किरीया गर्न पउदा खुशी लागेको धनीश्वरले बताउनु भयो ।
बाबु छोरा भएर रोजगारीकोलागि भारतमा गएका थिए । भारतमा लकडाउन भएपछि घरमा आउन हिडेका उनीहरु २२ दिन देखि सिमानामा अलपत्र परेका थिए । स्थानीय सरकारले पहल गर्ने हो भने सिमानामा किरीया बसेकाहरुलाई ल्याउन सकिन्छ भन्ने यो गतिलो उदाहरण पनि हो ।

अन्य समाचारहरु