पाणिनीमा वर्षापछि पहिरोको कारण कैयौ ठाउँमा बाटो अवरुद्ध, एम्बुलेंस समेत जान सकेनन्

डिआरजी सुमन
पाणिनी अर्घाखाँची डटकम् (व्युरो रिपोर्ट) । वर्षाको कारण सालझण्डी ढोरपाटन सड़क खण्ड अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनि गाँउ पालिका ४ निगाली देखी ५०० मिटर दक्षिण तर्फ पहिरो ले वाटों अवरुद्ध हुदा पाणिनि पर्यटन समाज को एम्वुलेन्स विहान ६ वजेदेखी सड़कमा अवरुद्ध भएको छ ।
पहिरोको गएको कारण वन्द सड़कलाई पाणिनि गाँउ पालिका को पहलमा ट्रक खोल्ने प्रकिया भईरहेको चालक पुस्कर घिमिरे ले वताउनु भएको छ । ठुलो पहिरो भएकोले कति समय सम्म खोल्ने संभावना छ भन्ने आधार देखीदैन डोजर पहिरो गएको स्थानमा पठाउदै गरेको गाँउ पालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिनु भएको छ ।
पहिरो ठुलो गएको छ उक्त पहिरो ग्रस्त क्षेत्रमा जादै छु अहिले पनि निरन्तर वर्षा भईरहेको हुदा डोजर अझै पुगेको छैन हामी छिटो भन्दा छिटो पहिरो हटाउने प्रयासमा छौ पाणिनि ४ वडा अध्यक्ष स्थानेश्वर घिमिरे ले अर्घाखाँची डटकमसँग वताउनु भएको छ ।

अन्य समाचारहरु