अर्घाखाँचीमा पाणिनी पर्यटन समाजले महाभारत श्रृंखला “पाणिनी-कालिकाठी-नरपानी” मा पदयात्रा आयोजना गर्ने


डिआरजी सुमन 
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको महाभारत श्रृंखला “पाणिनी-कालिकाठी-नरपानी” मा पाणिनी पर्यटन समाज अर्घाखाँचीले पदयात्रा आयोजना गर्ने भएको छ । पाणिनी गाउँपालिकामा रहेको महाभारत श्रृंखला “पाणिनी-कालिकाठी-नरपानी” मा पाणिनी पर्यटन समाज अर्घाखाँचीले पदयात्रा आयोजना गर्ने भएको हो ।
महाभारत श्रृंखला अन्तर्गतको पाणिनी-कालिकाठी-नरपानी-सुरादेउराली पदयात्रा गर्ने निर्णय पाणिनि पर्यटन समाज अर्घाखाँचीका अदक्ष्य झबिन सुनामको अध्यक्षतामा कालिकाठीमा सम्पन्न वैठकको निर्णय गरेको छ । २०७७ वैशाख २२ गते वसेको वैठकले आधिकारिक रुपमा पदयात्राको मिती तय गरेको छैन् । तर सम्बन्धित निकायमा आवश्यक प्रक्रिया पुरा हुनसाथ पदयात्रा सुरु हुनेगरी वैठकले निर्णय गरेको छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनामले अध्यक्षता गर्नु भएको कार्यक्रममा उपादक्ष्य धुर्व घिमिरे,सचिव केशव वन्जाडे,सदस्य रामाकान्त भट्टराई,समाजसेवी कृष्ण गैरे,पाणिनी ६ वडा सदस्य खगेश्वर पौडेल,समाजसेवी तुल वहादुर पचभैया,मीन वहादुर घिमिरे को उपस्थिती रहेको वैठक पत्रकार डिआरजी सुमन ले संचालन गर्नु भएको थियो । पाणिनी कालिकाठी नरपानि पदमार्गको विषयमा भएको छलफलमा क्रममा उपस्थित सवैले आ-आफ्नो धारणा राख्नु भएको थियो । 
पाणिनीमा रहेको एकमात्र एम्बुलेंस ल्याउन सफल पाणिनी पर्यटन समाज अर्घाखाँचीले पाणिनी गाउँपालिका लगायत जिल्लाभर समाजसेवा, सामाजिक कार्य गर्दै आएको छ ।  देउसी भैलो खेलेर एम्बुलेन्स संचालनमा ल्याएको हुदा यों लामो लकडाउन को समयमा एम्बुलेंस होईन भगवान आएजस्तै भएको छ स्थानीयहरु भन्ने गर्छन । पाणिनी पर्यटन समाज अर्घाखाँचीले लकडाउनका बेला समस्या परेका जिल्लाबासीलाई उद्दार देखि खाद्यान्न सहयोग गर्दै आएको छ ।
यस्तै जिल्लामा कुनै पनि उल्लेखनीय काम नगर्ने संघ- संस्थालाई संघ र प्रदेश सरकार ले आर्थिक सहयोग गरेको पाईएता पनि पाणिनि पर्यटन समाज अर्घाखाँचीलाई अहिलेसम्म कुनैपनि सरकारवाट अपेक्षाकृत सहयोग सकेको छैन यद्यपि स्थानीय सरकारवाट सामान्य सहयोग हुदै आएको छ । पाणिनी पर्यटन समाजले एम्बुलेन्स २०७६ सालको देउसी भैलो कार्यक्रम आयोजना गरी संकलन गरेको रकमबाट गरिव, अति विपन्नलाई सहयोग गर्दै आएको छ  । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु