पाणिनी तथा छत्रदेब गाउँपालिकाका क्यारेन्टाइनहरुमा बसेकाहरुलाई योग, नृत्य, हाँस्य लगायतका बिबिध कार्यहरु सम्पन्न

अशोक खनाल 
छत्रदेब, अर्घाखाँची । आर्युवेद स्वास्थ्य केन्द्र अर्घाखाँचीले जिल्लाको पाणिनी गाउँपालिका तथा छत्रदेब गाउँपालिकाका क्यारेन्टाइनहरुमा बसेकाहरुको तनाब व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
आर्युवेद स्वास्थ्य केन्द्रले क्यारेन्टाइनहरुमा रहेकाहरुको लागि योग, प्रणायम, नृत्य, हाँस्य लगायतका बिबिध कार्यहरु सम्पन्न गरेको हो ।
क्यारेन्टाइनमा रहेका व्यत्तिहरुको अलवा उनिहरुको सुरक्षाको अग्रपंक्तिमा रहेका स्वास्थकर्मी तथा शुरक्षााकर्मीको लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि अमला, गुर्जो, तुल्सी तथा जेष्ठ नागरिकको लागि अस्वगन्धा र सुत्केरी महिलाको लागी दुग्ध बर्धक सतावरी लगायतका आर्युवेदिक ओषधीहरु वितरण गरेको छ ।
पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम तथा छत्रदेब गाउँपालिका कि उपाध्यक्ष तुल्सादेबि श्रेष्ठको उपस्थितिमा औंषधि तथा योग कक्षाहरु सन्चालन गरिएको थियो । उक्त कार्यक्रममा आर्युबेद स्वास्थ्य केन्द्रका प्रमुख डा। अर्जुन शर्मा, कबिराज कमल प्रसाद आचार्य, बैद्य पशुपति पन्थी तथा योग प्रशिक्षक अशोक खनाल लगायतको उपस्थित रहेको छ।

अन्य समाचारहरु