पाणिनीमा प्रदेश सांसदलाई पाणिनी पर्यटन समाज अर्घाखाँचीद्वारा स्वागत (तस्बिर सहित)

डिआरजी सुमन 
दुर्गाफाँट , अर्घाखाँची डटकम् । पाणिनी पर्यटन समाज अर्घाखाँचीले प्रदेश सांसद विष्णु पन्थीलाई पाणिनीमा स्वागत गरेको छ । एक दिनको विषेश कार्यक्रम का लागी पाणिनि गाँउपालिका पुगेका कपिलवस्तुवाट निर्वाचित ५ नं प्रदेश सांसद  विष्णु पन्थी लाई पाणिनी ३ दुर्गाफाँटमा समाजका अध्यक्ष झविन सुनाम र सचिव केशव वन्जाडे ले खादा ओढ़ाएर स्वागत गर्नु भएको हो ।
पाणिनी पर्यटन समाज समाज अर्घाखाँचीका पदाधिकारीसँग भएको एक औपचारिक भेटघाट कार्यक्रममा पाणिनिमा पहिलो पटक एम्बुलेंस ल्याएर संस्थाले राम्रो काम गरेको भनि खुलेर प्रशंसा गर्दै पर्यटन समाज को लागी आवश्यक सहयोग गर्ने आश्वासन समेत व्याक्त गर्नु भएको छ । 
पाणिनी कालीकाठी नरपानि पदयात्रा को तयारीमा रहेको पाणिनि पर्यटन समाज अर्घाखाँचीले पाणिनिमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई स-सम्मान स्वागत र विदाई गर्ने अवधारणा ल्याएको छ । पाणिनी पर्यटन समाज अर्घाखाँची ले समाजसेवी सांसद विष्णु पन्थी, समाजसेवी विकास रेश्मी सहितको सिंगो टोलीलाई दुर्वाशेसोर क्षेत्रमा स्वागत गरेको हो । 
सस्थाले पर्यटकीय गन्तव्य दुर्वाशेसोर गुफामा समेत भ्रमण गराएको छ । 
तस्वीर – डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु