अडगुरीको घुम्तीदेखि सतिनेटा तर्फ जाँदै गरेको कार दुर्घट्ना (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरीमा कार दुर्घट्ना भएको छ ।
पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरी रानीटोलको घुम्तीदेखि सतिनेटा तर्फ जाँदै गरेको बा १६ च ३४९१ नम्बरको निजी कार गएराती मध्यरातमा दुर्घट्ना भएको हो ।
नरपानी प्रहरी चौकीका प्रमुख सुर्य पन्थीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार दुर्घट्नामा कोही मानविय क्षति भएको छैन् । 
ठुलापोखरा बस्ने युबराज भट्टराईको कार गोबिन्द क्षेत्रीले चलाएका थिए । कार उकालोमा चढन नसकी दुर्घट्ना भएको बताइएको छ ।   सडकमा पल्टिएको कार अपरान्हमा उठाइएको छ ।   

अन्य समाचारहरु