पाणिनीको मैदान उपल्ला अमजामा नागरिकको सक्रियता बढेपछि आवतजावत ठप्प गर्ने

डिआरजी सुमन 
मैदान , अर्घाखाँची डटकम व्युरो । अर्घाखाँची जिल्लाको पाणिनी  गाउँपालिका वडा न ५ उपल्ला अ्मजा स्थित अगुवा नागरिक को भेलाले दक्षिणी सिमावर्ती जिल्ला कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरसको सङ्कर्मण बढी रहेको अबस्थामा उक्त कोरोना भाइरस गाउँमा आउन नदिन को लागि यों समयमा आफ्नो गाँउवाँसीलाई पाणिनी गाउपालिका बाहिर जान र आउन रोक लगाउने निर्णय गरेको छ । 
यदि केहीपनि यस समयावधि भित्र बाहिर बाट गाँउ आएमा अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा रहनु पर्ने र नबसेमा गाउपालिकामा खबर गरी सामुदायिक क्वारेन्टाइनमा पठाउने निर्णय गरिएको नागरिक अगुवा तुल्सीराम घिमिरेले पत्रकारलाई जानकारी गराउनु भएको छ । 
कृषकका नियमित कार्यमा असर नपर्ने गरी सामाजिक दुरि कायम गरि कृषि कार्य गर्ने ,एक अर्का को घरमा अनुमति बिना आवतजावत नगर्ने जस्ता महत्वपूर्ण निर्णय गरीएको छ ।

अन्य समाचारहरु