पाणिनीको मैदानमा बाहिरी जिल्लावाट आउने सवै अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

डिआरजी सुमन 
मैदान अर्घाखाँची डटकम् व्युरो । अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिका ५ नं वडा कार्यलयले महत्वपूर्ण निर्णय गरेको छ ।
 आज २०७७ जेठ ०१ गतेको मितिले लागुहुनेगरी वाह्य जिल्ला वाट यस वडामा आउने सवैजना अनिवार्य करेन्टाईन वस्नु पर्ने निर्णय गरेको छ । यदि लुकिछिपी घरमा गएको पाईएमा सम्बन्धित घरका सवै सदस्यहरु समेत करेन्टाईन जानुपर्ने भएकोले नियमको पालना गर्नुहुन वडावासीलाई अनुरोध गरिएको वैठक पछि मैदान स्वास्थ्य चौकी प्रमुख जगदीश घिमिरेले वताउनु भएको छ ।
विश्वभर महामारीको रुपमा फैलाएको कोरोना भाईरस यतिवेला अर्घाखाँची जिल्लाको दक्षिणी सिमाक्षेत्रका जिल्लाहरुमै आईसकेको समयमा पाणिनी गाँउ पालिका वडा नं ५ ले केही महत्वपूर्ण निर्णय सहित आजको वैठक सम्पन्न गरेको छ । 
मैदानमा साविकको सवै वडालाई केन्द्र मानेर तत्काल समिती परिचालन गरीएको जानकारी दिदै ५ नं वडा अध्यक्ष जीवलाल घिमिरेले जिल्ला देखी वाहिरवाट यस वडामा आउनु हुने सवैले वडामा रहेको समितीमा जानकारी गराएर आउन र करेन्टाईनमा वस्नु हुन अनुरोध गर्नु भएको छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु