काठमाडौं – फिल्म ‘कोपिला’ सार्वजनिक प्रदर्शन अगाडि नै डिस होममा आउने भएको छ ।
लकडाउन अगाडि फिल्म सार्वजनिक प्रदर्शनमा आउने तयारीमा थियो । त्यसका लागि निर्माण युनिटले फिल्मको प्रचारप्रसार सुरु गरिसकेको थियो । तर लकडाउनका कारण फिल्मको प्रदर्शन अनिश्चित भएपछि डिसहोम मार्फत सार्वजनिक गर्न लागिएको हो ।
बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषयमा निर्माण भएको ‘कोपिला’ दर्शकको मागलाई ध्यानमा राखेर डिसा होममा ल्याउन लागेको निर्माता गणेश गिरीले बताए ।
रामेश्वर कार्कीको छायाँकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको फिल्ममा शिवम् अधिकारीको निर्देशन रहेको छ ।
सरिता गिरी, गणेश गिरी, सन्जिवनी खरेल, प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय रहेको फिल्म गणेश गिरीको प्रस्तुतिमा संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् । यसको कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन् ।