भारतबाट आउनेलाई डाईभरले बोक्न नमानेपछि आँफै ओसार्दै पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गाैतम

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गाैतमले भारतबाट आउने आफ्ना स्थानियबासीलाई आँफै ओसार्न थालेका छन् । 
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गाैतमले भारतबाट आउनेलाई गाडी चालकले बोक्न नमानेपछि आँफै ओसार्न थालेका हुन् । 
भारतबाट आउने भनेपछि जीप चालकहरुले जानै नमानेपछि शुक्रबार गाैतमले पालीका १ जना, मैदानकाे भर्तपुरका ३ जना, खिदिमका ३ जना गरी ७ जनालाई आँफै घुम्ति गएर ल्याएका हुन् ।
यस्तै कृष्ण नगर, सुनौली  सिमानामा अलपत्र भएका पाणिनीबासीलाई ९८५७०१२१३०,९८५७०८६५१०  नम्बरमा छिटो सम्पर्क गर्न पालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले आग्रह गर्नुभएको छ । 
यतिबेला पाणिनी लगायत जिल्लाभरका स्थानिय प्रतिनिधिहरुले आफ्ना स्थानियबासीहरुलाई कृष्ण नगर, सुनौली  सिमानाबाट ओसारी राखेका छन् । 
सुनौली, कृष्णनगर लगायतबाट अर्घाखाँची प्रवेश गर्नेको भिड, बस, जीप, ट्रक टिप्परले मान्छे बोक्दै
भारतीय सीमानाका सुनौली, कृष्णनगर लगायतबाट अर्घाखाँची जिल्ला प्रवेश गर्नेको भिड लागेको छ । 


भारतमा लकडाउन खोकुलो भए लगतै नेपाल फर्कने अर्घाखाँचीबासीको संख्या बढेको हो ।

जिल्लाका शितगंगा नगरपालिकाको सितापुरका १ जना, शुवर्णखालका १६ जनालाई आज बिहान ट्रकमा ल्याइएको छ । यस्तै सन्धिखर्क नगरपालिका ३५ जना बढी, भूमिकास्थान नगरपालिका, छत्रदेव, मालारानी र पाणिनी गाउँपालिकामा निरन्तर आउने क्रम जारी छ ।


भारतको पन्जाबबाट ३२५ जना अर्घाखाँचीबासी आईपुगेका छन्न । अहिले बिहान १७५ जान कृष्णनगर सिमानाकामा आई पुगेका छन् भने भोली बिहान थप १५० जना पुग्ने छन् । यस्तै दिल्ली लगायत भारतका बिभिन्न शहरबाट नेपाल आउने क्रम जारी छ । शितगंगा नगरपालिकामा ३ दिनमा हिजोसम्म ८० जना बढी आएका छन् । 

सुनौली, कृष्ण नगर नाकामा प्रवेश गर्ने नेपालीहरुको भिड लगेको छ । यस्तै भुकिकास्थान नगरपालिका ३६ जना अहिले दिल्लीबाट हिडिसकेका छन् ।    

कयौ बस, जीप, ट्रक टिप्परबाट आउनुका साथै पैदल हिंडेर आउनेको पनि संख्या बढेको छ । जिल्लामा दिनको समयमा मात्र नभएर रातमा भित्रिने संख्या अधिक छ । 


यस्तै कयौ वार्डमा त क्वारेन्टाइनमा नराखेर सिदा घर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी गाउँमा पठाइएको छ । कयौ पैदल आई सिदा आफ्नो घरमा गएका छन् । अधिकांशको स्वास्थ्य जाँच गरिएको छैन भने सामाजिक दूरी पनि कायम गरिएको छैन । 

 जिल्लाको शितगंगा नगरपालिकामा ४ ठाडाको  जोगिनीकोटमा  भारतबाट आएका मानिसहरुलाई जानकारी र सावधानी बिना क्वारेन्टाइनमा नराखी गाँउमा राखेको भन्दै स्थानिय आक्रोशित भएका छन् ।   

भारतबाट आउनेहरुलाई नगर प्रमुखले पटक पटक सावधानी बिनानै राखेकोले जोखिम बढेको भन्दै स्थानिय आक्रोशित भएका हुन् । 

रातिमा आउनेहरुलाई नगर प्रमुखले क्वारेन्टाइनमा नराखी खुल्ला गाँउमा राख्ने र उनिहरुको निग्रानी नहुने भएकोले उनिहरु गाँउमा समेत निस्कने गरेकोले अब यस्ता ब्यतिहरु गाँउमा नराखी क्वारेन्टाइनमा राख्न गाउँलेहरुले अनुरोध गरेका छन ।  

शितगंगा नगरपालिका वार्ड नं. १ सुवर्णखालमा भारतबाट २५ जना भित्रिएका छन् । सुवर्णखालमा भारतको हरियाणा र दिल्लीबाट बिहीवार २५ जना आएका हुन् । उनिहरुलाई कृष्णनगर नाकाबाट टिप्परमा हालेर ल्याइएको थियो । 

शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा बस्नेका गुनासै गुनासा

शितगंगा नगरपालिका २ सितापुरमा निपानेका ३ जना झिर्‍राका ४ जना बिहीवार राती भित्रिएका गरी ११ जनालाई सरस्वती मा.बिको क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै जिल्लाभरका सबै नाकाबाट जिल्ला दैनिक प्रवेश गर्ने संख्या यकिन हुन सकेको छैन् । तर पनि शुक्रबार राती ९:४५  बजे अगाडिसम्म जिल्लामा १२५० जना बढी भित्रिएका छन् ।    

यस्तै भारतबाट नेपाल नेपाली ल्याउने समुह पनि सक्रिय भएको छ । उनिहरुले दोब्बर भाडामा मानिसहरु ओसारेका छन् ।  

अन्य समाचारहरु