बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची । अनेरास्ववियू केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीका युवा विधार्थी नेता प्रदिप नेपालीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको अपाराधिक हत्यामा संलग्नलाई कार्वाही गर्न माग गर्नुभएको छ ।
विधार्थी नेता प्रदिप नेपालीद्वारा दाेषीमाथि कार्वाहीकाे माग अनेरास्ववियू केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीका युवा विधार्थी नेता प्रदिप नेपालीले फेसबुक मार्फत चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको अपाराधिक हत्यामा संलग्नलाई छिटोभन्दा छिटो कार्वाही गरियोस् भनेर माग राख्नु भएकाे हो ।
नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ।
कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले ०६३ जेठ २१ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ। नेपालकाे संविधान र कानुनले समेत अन्तरजातीय विवाहका लागि स्वतन्त्रता दिएकाे अवस्थामा चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको घटनाले अत्यन्तै स्तब्ध बनाएकाे छ।
आक्रमणमा परी मृत्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै वेपत्ता छन् । प्रहरीले घटनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको शव भेटाएको छ ।हिजो साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको छ ।
अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझै वेपत्ता छन् । वेपत्ताकाे खाेजि कार्य गरि हत्यामा सलग्न दाेषीलाई छिटाे भन्दा छिटाे कानुनि कार्वाही गरियाेस । मृतक नवराज वि.क र टिकाराम वि.क र गणेश बुढा प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।