यम लामा
मेरो नै पसीनाले सिंचाई
गरौं की कसो यो धर्तीलाई
मेरो नै पौरख गाथाको गित
रचना गरौं की कसो सन्तानलाई
दुःखको क्षण त कहाँ हुन्छ र
परम सुख हुनेथ्यो मलाई ।
एक दिनको पाहुना हुन त
कस्तो विवसता मेरो छ
छटपटीमा परेर
रात जसोतसो काट्नु छ
भाले कहीले बास्ने हो
मिर्मिरेमा त हिंडी हाल्नु छ ।।
यात्रा त धेरै टाढाको छ
बाटो पो कहाँ हराउने हो की
लक्ष्य र सङकल्प छँदैछ
ब्यर्थैको सपना पो हुने हो की
भोलीको दिन के होला
आज नै विकासको ईंटा थपौं की ।।।
मेरो पसीनाले सिंचाई ………
(साउदी अरेबिया)