शितगंगाको ठाडाका कलाकार धर्मराज भट्टराईको शब्द-संगीत रहेको म्युजिक भिडियो रुन्छन परदेशी सार्वजनिक

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाका धर्मराज भट्टराईको शब्द तथा संगीतमा तयार पारिएको म्युजिक भिडियो रुन्छन परदेशी सार्वजनिक भएको छ ।
भिडियोमा स्वरुपराज आचार्यको आवाजमा रुन्छन परदेशी सार्वजनिक भएको हो । यस्तै भिडियोमा धर्मराज भट्टराईको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राज शुक्र लिम्बुको संगीत रहेको छ ।
 
परदेशीनुको मुख्य कारण बेरोजगारी, गरिवी र अशिक्षालाई मानिएको हाम्रो देशमा अझैपनि यी कुराहरुमा परिर्वतन हुन सकिरहेको छैन ।रहरभन्दापनि बाध्यताले परदेशीको संख्या अत्यधिक छ नेपालमा । बाध्यताले परिवारको साँझबिहानको छाक टार्न मुस्किल भएकैकारण परदेशीएका परदेशीहरु आफ्नो परिवार, जहान, छोराछोरी सम्झिएर रुन्छन् भन्ने भावलाई गीतमा समेटिको छ ।
देशमा उल्लेखनिय रोजगारको संभावना भएरपनि पदेशकै भरमा बाँच्नुपरिरहेको तितो यतार्थलाई गीतमा प्रस्टैसंग उतारिएको छ । परदेश नजाउ साहुको रिण, नजाउ बस्न खान धौधौ जसोतसो परदेश गैहले भनेजस्तो काम र तलव नहुनुयस्तै पिडामा हजारौ युवाहरु अहिले परदेशको भुमिमा दुख र पिडासंग लडिरहेका छन् । गीतलाई विष्णु भट्टराईले निर्देशन गरेका छन् भने धर्मराज भट्टराईको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको छ । यसमा सङ्गीत राजसुक्र लिम्बूको रहेको छ।