शितगंगा नगरपालिकाका मेयरद्वारा भ्रमको खेती टिकाउ नहुने भन्दै आफ्नो नगरको बिकासले फड्को मार्ने विश्वास व्यक्त

भानु पराजुली (कल्पित)
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारीले नगरको बिकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनु भएको छ ।  
पत्रकारसँग कुराकानी गर्दै नगरप्रमुख अधिकारीले भौगोलिक हिसाबले पनि अत्यन्तै बिकट नेपालको सबैभन्दा ठुलो नगरपालिकाको हिसाबले बिकास गर्न भनेजति सजिलो नभएको बताउदै आफ्नो कार्यकालमा बिकासको मोडल तयार गरि काम देखिने गरि सम्पन्न गर्ने बताउनु भयो  । 
नगरप्रमुख अधिकारीले शितगंगा नगरपालिकालाई खरका छाना मुक्त काठका प‍ोल मुक्त गराउदै  अगाडि बढाउने अभियान शुरु गर्नु भएको छ । अधिकारीले नगरपालिकालाई भष्टचार मुक्त बनाउनका लागि सुशासन पारदर्शिता अनुसासनलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छन् ।
नगरप्रमुखमा अधिकारी निर्वाचित भएपछि धेरै बिकासका कामहरु दुर्त गतिमा अगाडि बढिरहेका छन् । नगरप्रमुख अधिकारीले आफुले नगरपालिकाबाट पाउने सबै सुबिधा नगरपालिका भित्रका बिभिन्न शैक्षिक संस्था तथा बिपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएका अधिकारी नेपाली कांग्रेसका लोकप्रिय युवा जनप्रेमी नेता हुन् । 
बिश्वब्यापी फैलिएको कोरोना र‍ोग नियन्त्रणका लागि रातदिन नभनी खटेर काम गरेका अधिकारीले शितगंगा नगरपालिकाका बिभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा रहेका शितगंगाबासीको स्वास्थ्य अबस्था क्वारेन्टाइन स्थलमा पुगेर बुझिरहेका छन् । 
अधिकारीले आफ्ना बारेमा गलत र अनर्गल प्रचार-प्रसार गर्ने गरेको केहि दिन अगाडि शितगंगाका दुई युवाहरुलाई मेयर अधिकारीको निर्देशनमा प्रहरीले पक्राउ गरेको भनि अन्लाईन तथा सामाजिक सन्जालमा गरिएको प्रचार पुर्ण रुपमा गलत र झुट भएको आफुले कसैलाई आफ्नो पोष्टमा कमेन्ट गरेको भरमा पक्राउ गर्न नलगाएको बरु आफुले प्रहरीले पक्राउ गरेको थाहा पाएपछि तत्काल उनिहरुलाई छ‍ोड्न आग्रह गरेको तर भ्रम पुर्ण समाचार सम्पेषण भएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । 
बिश्वब्यापी फैलिएको कोरोना र‍ोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी शुरक्षाकर्मी कर्मचारी जनप्रतिनिधिहरु दिनरात पहिलो घेरामा खटिएको अबस्थामा स्वास्थ्यकर्मी शुरक्षाकर्मीहरुको मनोबल घटने गरि कुनै काम नगर्न आग्रह गर्दै अधिकारीले सबै शितगंगाबासी मिलेर बिकासको मुल फुटाउनु अहिलेको मुख्य आवश्यक्ता रहेको बताउनु भयो ।

अन्य समाचारहरु