सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ निबासी नारायण पौडेल आफ्नो व्यवसायसँगै सामाजिक सेवामा ब्यस्त छन् ।
किमडाँडाका बिभिन्न संघ संस्था तथा जिल्लाका सामाजिक संघ संस्थाहरुमा आबद्द पौडेलले लकडाउनका बेला अति बिपतमा परेका तथा चुलो बाल्न नसकेका गरिव दुखीहरुलाई आर्थिक सहयोग गर्दै आउनु भएका नारायण पौडेलले कोरोनाका बेला केहि N95 माक्स र सेनिटाईजर समेत सहयोग गर्नु भएको छ ।
लामो समयसम्म जनता कृष्ण माध्यमिक बिधालयको अध्यक्ष बनेर बिधालयको बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका पौडेलको कार्यकालमा नै बिधालयमा प्राबिधिक शिक्षा कृर्षि बिषय शुरु भएको हो ।
वार्ड नम्बर ८ का अध्यक्ष तथा पुर्व सोही बिधालयका प्रअ ईश्वरीप्रसाद भुसाल सहितका जनप्रतिनिधिहरु र बिधालय ब्यबस्थापन समितिका तत्कालनिन अध्यक्ष नारायण पौडेलको बिशेष पहलमा प्राबिधिक शिक्षा शुरु भएको थियोे ।
यस्तै लुम्बिनी निर्माण सेवाका संचालक समेत रहेका पौडेल अर्घाखाँचीका चर्चित निर्माण ब्यबसायी हुन् । उनले राम्रो गुणस्तरीय काम गर्ने निर्माण ब्यबसायीको सुचिमा पर्छन् । सामाजिक कामसँगै राजनीतिकर्मी पौडेल अहिले पनि स्थानिय जनताको सेवामा ब्यस्त छन् ।