खाँचीकोटको चन्द्र प्रभा मावी डिहिडाँडाद्वारा गाउँ मै पुगेर बिधार्थीहरुलाई पाठयपुस्तक बितरण (फोटो सहित)


बसन्त खड्का 
डिहिडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटको डिहिडाँडा स्थित श्री चन्द्र प्रभा मावी क्वारेन्टाइनमा परिणत भएपछिको अबस्थामा  सामाजिक दुरी कायम गर्दै आफ्ना बिधार्थीहरुलाई आफ्नो पायक पर्ने स्थान र ठाउँमै बोलाएर  बिधार्थीहरु र उनका अभिभाबकको रोहबरमा पाठयपुस्तकहरु बितरण गरेको छ। 
स्थानिय केशब  घिमिरेका अनुसार १ देखि १० कक्षासम्मका बिधार्थीहरुलाई जगत बहखोरमा, फुदबाङकामा रहेकालाई फुदबाङ बजारमा, त्यसैगरी डिही, शान्तिनेटा, लामडाँडाका बिधार्थीहरुलाई फर्जेङ खोला बजारमा र डिहिका नेटा गरी र भुजुङे र डिहिडाँडाकालाई पायक पर्ने गरी डिहिडाँडा नेटामा आवश्यक पर्ने पुस्तकहरु बितरण गरेको हो।
प्रअ दीन बहादुर थापाले लकडाउनको अबधीमा कम्तिमा पनि पुस्तकहरु पाएको खण्डमा  बिधार्थीहरुलाई केही रुपमा भएनि मनोबैज्ञानिक रुपमा सकारात्मक प्रभाब पर्ने र लकडाउन खुलेपछि स्थिती  सहज हुने जानकारी गराउनु भएको छ।
पुस्तक बितरणमा शिक्षक त्रिलोक शाह, गणेश पोख्रेल समेतको उपस्थिती रहेको थियो।
खाँचीकोटमा ७७ जना भारतबाट आए, आज फेरि ७ जना बढे
                                 

अन्य समाचारहरु